प्रमोद पन्तको सङ्गीतमा निशान भट्टराईको रोमान्टिक गीत “प्रेम पत्र”



काठमाडौ,वैशाख १८ । अहिलेका निकै ब्यस्त युवा सङ्गीतकार प्रमोद पन्तको सङ्गीतमा सुमधुर स्वरका धनी निशान भट्टराईले “प्रेम पत्र” बोलको गीत गाएका छन् । आशिर्वाद पन्तद्वारा लिखित सो गीतको म्युजिक भिडियो एक साता अघि सार्वजनिक भएको छ।

गीतलाई कुमार केसिले रेकर्ड गरेका हुन् भने अशोक महर्जनले मिक्सिङ गरेका हुन् । सोनम पाख्रीनको निर्देशन र निमबाबु तामाङको नृत्य निर्देशनमा कमल सिंह र श्रेया कार्कीको अभियान रहेको म्युजिक भिडियोलाई ज्ञान चापागाईंले छायांकन र सम्पादन गरेका हुन् ।

भिडियो आशिर्वाद म्युजिक युट्युब च्यानलले बजारमा ल्याएको छ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्