लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा



बुटवल,वैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन । प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका छ्न भने उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका छन । 

संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाएका हुन् । संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामा पत्रमा उल्लेख छ ।

मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता–समीकरणको खेल उथलपुथल भएको मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्