उपत्यकामा एकैदिन ३५ सय भन्दा बढी संक्रमित भेटिए



काठमाडौँ, बैशाख १९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ हजार २ सय ११ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये पत्यकामा मात्रै ३५ सय ९५ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घण्टा समयावधिमा उपत्यकामा थपिएकामध्ये काठमाडौँमा २७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ संक्रमित थपिएका हुन् ।

यो संक्रमणदर हालसम्मकै नयाँ रेकर्ड हो ।

प्रतिक्रिया दिनुहोस्