नुवाकोटमा एक साता निषेधाज्ञा हुने



नुवाकोट,वैशाख १९ । नुवाकोटमा एक साता निषेधाज्ञा हुने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरुमा ७ दिनको लागी निषेधाज्ञा जारी गर्ने तयारी भएपनि हाललाई एक साता मात्र निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । श्रोतका अनुसार यहि वैशाख २१ गते मंगलबार बिहान ४ बजेदेखि २७ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम गरिएको छ।

त्यस भन्दा अगाडी बसेको कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकले जिल्लामा सक्रिय संक्रमितको संख्या बढेको र समुदाय तहमा संक्रमणको भयाबह फैलिएको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो । संकट ब्यबस्थापन केन्द्रले गरेको सिफरिसकै आधारमा जिल्ला भर निषेधाज्ञा जारी गरेको हो ।

कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकले गरेको निर्णयहरु:-

कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको सिफरिसको आधारमा सुरक्षा समितिको बैठकले २१ गते देखि बैशाख २७ गते सम्मलाई निषेधाज्ञा जारी गरेको छ । जिल्ला भित्र दैनिक रुपमा दुई दर्जन भन्दा बढि ब्यक्तिहरुमा संक्रमण पुष्टि हुन थाले पछी लकडाउन गर्ने बिषयमा छलफल सुरु भएको थियो ।

केहि दिन अगाडी मात्रै बसेको बैठकले केहि समय लकडाउन नगर्ने निर्णय गरेको थियो । तर संक्रमितको दर बढ्न थालेको र समुदाय स्तरमा संक्रमण तिब्र गतिमा फैलन थाले पछी जिल्ला संकट ब्यबस्थापन केन्द्र लकडाउन गर्ने स्थितिमा पुगेको हो । यस्तै, बैठकले नुवाकोट भित्रिने सबै नाका कडाई गर्न थालेको छ ।

नुवाकोट भित्रिने बिशेष नाकाहरु केल्पुटार, गुर्जे र ककनी नाकामा कडाई सुरु भएको छ । यसका साथै, बेत्रावतीमा समेत नाका कडाई गर्ने भएको छ । यसका साथै, स्थानिय तहमा रहेको कोरोना संक्रमण पहिचान तथा ब्यबस्थापन समितिलाई क्रियाशिल बनाउने निर्णय गरेको छ ।

वैठकले जिल्लामा सभा, जुलुस, र्याली, भेला, महोत्सव, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्ने र नगराउने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले कार्य क्षेत्रमा कृयाशिल रहँदा जनस्वास्थ सुरक्षाको मापदण्ड पालना गर्न, मास्क, स्यानिटाईजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न सबैमा अनुरोध गर्ने र स्थानिय अनलाईन संचारमाध्यमार्फत कोरोनाबारे जनचेतनामुलक सन्देशहरु प्रशारण गर्ने गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्