पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि



काठमाडाैँ,वैशाख १९ । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

ढकालसंगै उनका धर्मपत्नी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य समेत रहेका इन्दिरा फूयाँललाई पनि कोरोना पोजेटिभ देखिएको हो । मन्त्री ढकालले सामाजिक सञ्जाल मार्फत दुबै जनालाई कोरोना संक्रमण पुष्टि गरेका हुन ।

नेताद्वयको आइतबार गरिएको स्वाब परीक्षणमा कोभिड पोजेटिभ देखिएको हो । हाल उनीहरु निवासमै आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्