सोमबार रातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने सरकारको निर्णय



काठमाडौ,वैशाख १९ । सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषदको बैठकले आन्तरिक उडान वैशाख २० गते राती र अन्तराष्ट्रिय उडान वैशाख २२ गतेदेखि गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

नोभल कोरोनाभाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि सरकारले उडान बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले २७ वैशाखमा संसदको अधिवेशन बोलाउन सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा आफूले विश्वासको मत लिन लागेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्