रसुवामा एक संक्रमितको ज्यान गयो



रसुवा,वैशाख २० । रसुवामा एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।

ती संक्रमितको नुवाकोटस्थित त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्रिशुली अस्पतालका अनुसार मृत्यु हुनेमा ५३ वर्षिय सानुकान्छा तामाङ रहेका छन् । उनको एनटिजिन परिक्षण पोजेटिभ देखिएको थियो भने पिसिआरको रिर्पाट आउँन बाँकी रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्