निषेधाज्ञा थप कडाई गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता



काठमाडौ,वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र कडाईका साथ यस्लाई सबैले पालना गर्नुपर्ने उनले बताए ।

उनले निषेधाज्ञाको नियम पालना गरिदिन पनि सबै जनसमुदाय सामु आग्रह गरेका छन् । स्वास्थ्य मापदण्डको पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने उनको भनाइ छ ।

कोरोना सङ्क्रमणको पहिलो लहरमा अपनाइएको सावधानीका कारण महामारी फैलिन नपाएको र अहिले दोस्रो लहरमा पनि त्यस्तै सावधानी अपनाउन ओलीले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्