नेपाल पत्रकार महासंघ कपिलवस्तुद्वारा ५ बेडको आइसोलेशन सेन्टर तयार



काठमाडौं,वैशाख २० । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आफ्नै भवनभित्र ५ बेडको आइसोलेशन सेन्टर तयार पारेको छ ।

केन्द्रिय निर्देशन् बमोजिम लुम्बिनी प्रदेश समितिको पहलमा अक्सिजन, स्वास्थ्यकर्मी र औषधी सहितको आइसोलेसन सेन्टर तयार पारिएको नेपाल पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिए । यसका लागि तोलिहवा अस्पतालले आवश्यक स्वास्थ्य सामग्री अषधी र कपिलबस्तु नगरपालिकाले आर्थिक सहयोग गरेको उहाले जानकारी दिए ।

आइसोलेशन सेन्टर निर्माणकार्यमा नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी, प्रदेश गोपाल भणडारी, कपिलवस्तु कार्यसमितिले सहयोग गरेको अध्यक्ष बज्राचार्यले बताए ।

आइसोलेसनमा कोभिड संक्रमण भएका पत्रकारलाई प्राथमिकता दिइने तर खाली रहेको अवस्थामा अरु नागरिकका लागि आवश्यक भए शैय्या उपलब्ध गराइने अध्यक्ष बज्राचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्