बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु



बाँके,वैशाख २० । बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको ज्यान गएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना सङ्क्रमणबाट खजुरा – ७ की ३२ वर्षीया महिला, खजुरा – २ का ३२ वर्षीय पुरुष, नेपालगञ्ज – १ का ६६ वर्षीय पुरुष, ३ का ५१ वर्षीय पुरुष, बर्दिया बढैयाताल – ८ का ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा हिजो राति ज्यान गएको हो ।

यस्तै बाँकेको कोहलपुर-१५ का ६० वर्षीय पुरुष, बैजनाथकी ६० वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमा र नेपालगञ्ज-५ का ४८ वर्षीय पुरुषको शिक्षण अस्पताल नेपालगञ्जमा ज्यान गएको हो । कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म १३६ जनाको ज्यान गइसकेको छ ।

बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १२२ जनाको ज्यान गएको अस्पतालल‍े जनाएको छ।

प्रतिक्रिया दिनुहोस्