प्युठानमा थप ४४ मा कोरोना संक्रमण पुष्टि ,२ जनाको मृत्यु



प्युठान,वैशाख २० । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठका अनुसार ४१ जनाको एन्टिजिन र ३ जनाको पीसीआर परीक्षण गर्दा कुल ४४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माण्डबी गाउँ पालिका ३ का ७३ बर्षिय महिला र ऐरावती गाउँपालिका वडा नम्बर २ का ३१ बर्षिय पुरुष रहेका छ्न। योसंगै हाल सम्म कोरोनाबाट मृत्यु हुने संख्या जम्मा १६ पुगेको छ।

हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार २ सय ९२ जना पुगेको छ। जसमध्ये एन्टिजेन परिक्षणबाट ३ सय २४ र पिसिआरबाट ९ सय ६८ जना रहेका छ्न।

साथै श्रेष्ठका अनुसार ८ जना प्युठान अस्पताल ,१ जना ऐरावती स्वास्थ्य चौकी ,३ जना माण्डबि स्वास्थ्य चौकी र २ जना भिङ्ग्री प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा गरि जम्मा १४ आइसोलेसनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्