त्रिशुली अस्पतालले ल्यायो कोभिड सम्बन्धी हटलाईन सेवा



नुवाकोट,वैशाख २० । जिल्लास्थित त्रिशुली अस्पतालले कोभिड-१९ सम्बन्धि हटलाईन सेवा सुरु गरेको छ। सो सेवा अस्पतालले सोमबारदेखि सुरु गरेको हो ।

अस्पतालले एक सूचना जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ प्रकारको कोभिड-१९ को सङ्क्रमण नुवाकोटमा बढ्दो क्रममा रहेको र यसै त्रिशुली अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समेत कोभिड सङ्क्रमण देखिएकाले बढ्दो संक्रमण बीच सेवा पहुँच बढाउन हटलाइन सुरु गरिएको जनाएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत देवराज पोखरेलद्वारा हस्ताक्षरित सूचनामा भएको छ “प्रशासनले मङ्गलबारदेखि जिल्लामा निशेधाज्ञा समेत जारी गरिसकेको हुदाँ कोभिड-१९ सङ्क्रमणले सृजन भएको जटिल परिस्तिथिलाई मध्यनजर गर्दै कोभिड सङ्क्रमणबाट कुनै पनि समस्या भएको खण्डमा अस्पतालको कोभिड सम्बन्धि हटलाईन सेवा लिनको लागि अस्पतालको कोभिड हटलाईन नम्बर ९७४२-५५६५१८ मा सम्पर्क गरी स्वास्थ्य परामर्श सेवा लिन सकिने छ।”

साथै एम्बुलेन्स सम्बन्धि सेवा लिन अस्पतालको एम्बुलेन्स चालक नम्बर ९७४२-५५६५३० मा सम्पर्क गरी एम्बुलेन्स सेवा समेत लिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्