काेराेनाबाट मृत्यु हुनेका परिवारलाई १ लाख दिइने



कर्णाली,वैशाख २०। कोरोनाबाट मृत्यु हुनेका परिवारलाई सरकारले राहत दिने भएको छ ।

कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको हो ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्