कोरोनाबाट सप्तरीमा शिक्षकको ज्यान गयो



धरान,वैशाख २१। कोरोनाबाट सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको ज्यान गएको छ । उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो ।

सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ति ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । शिक्षकको नाम भने उल्लेख गरिएको छैन ।

उनी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए । वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस्