शव बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु



बैतडी,वैशाख २१। जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वरमा शव बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) योगेन्द्रसिंह थापाका अनुसार मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ घर भएका जितसिंह भण्डारी, डम्बर सिंह भण्डारी, हिक्मतसिंह भण्डारी र ४० वर्षीय दिपक सिंह भण्डारी रहेका छन् । दुर्घटनामा जिप चालक दशरथचन्द नगरपालिका–४ घर भएका वर्ष ४५ का तेज बहादुर बोहराको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव लिएर सदरमुकाम आउँदै गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटना भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्