एकैदिन ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु



काठमाडौँ,वैशाख २१ । नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ३१ पीसीआर परीक्षणबाट ७ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

पछिल्लो २४ घण्टा समयावधिमा कोरोना संक्रमणबाट नेपालमा ५५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

यसअघि एकदिनमा सबैभन्दा धेरै ३७ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्