एक सातामै कारोनाकै कारण २ सय २३ को मृत्यु



काठमाडौं,वैशाख २२ ।  एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन् । पछिल्लो साताको संक्रमण दर विश्लेषण गर्दा प्रत्येक तीन जनाको कोरोना परीक्षण क्रममा एकमा संक्रमण देखिने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ४३ हजार ६ सय ३४ जनामा संक्रमण देखिएको छ । १ लाख १० हजार ४ सय ९३ जनाको कोरोना परीक्षण क्रममा ४३ हजार ६ सय ३४ मा संक्रमण देखिएको हो ।

गम्भीर प्रकृतिका संक्रमित संख्या बढ्दो क्रममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय १६ आईसीयू र १ सय ७९ जना भेन्टिलेटरमा छन् ।

देशभर मंगलबार १ हजार ७ सय ७५ जना डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८७ हजार ७ सय ९० संक्रमित निको भइसकेका छन् । गम्भीर प्रकृतिका संक्रमित संख्या बढ्दो क्रममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय १६ आईसीयू र १ सय ७९ जना भेन्टिलेटरमा छन् ।

प्रदेश १ मा ९३ आईसीयू र १८ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र दुई जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ३ सय २५ आईसीयू र १ सय २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा ४४ जना आईसीयू र दुई जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयू र १६ जना भेन्टिलेटर, कर्णालीमा ३२ जना आईसीयू र सात जना भेन्टिलेटर र सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयू र १० जना भेन्टिलेटरमा छन् ।

काठमाडौं उपत्यकाको अस्पतालमा १ सय ९४ संक्रमित आईसीयू र ७७ जना भेन्टिलेटर र १ हजार २ सय १७ जना आइसोलेसनमा छन् ।

चार हजार रेम्डेसिभिर आउँदै

कोरोना संक्रमित उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर आज आउँदै छ । औषधि आयातकर्ता संघ महासचिव पवन आचार्यका अनुसार बंगलादेशबाट चार हजार भाइल रेम्डिसिभिर औषधि भित्रिन लागेको हो ।

बंगलादेशबाटै मंगलबार ३ हजार भाइल रेम्डेसिभिर आइपुगेको छ । काठमाडौं उपत्यकाभित्र रहेका अस्पताल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, नेपाल पुलिस अस्पताल, ग्रान्डी, भक्तपुर अस्पताल, मध्यपुर अस्पताल, ह्याम्स, बी एन्ड बी, नर्भिक, शहीद शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, हेल्पिङ ह्यान्डस सामुदायिक अस्पताल, ओम अस्पताल, निदान अस्पतालमा रेम्डेसिभिर उपलब्ध गराइएको छ ।

त्यस्तै, मेडिकेयर अस्पताल, बयोधा अस्पताल, ग्रिनसिटी अस्पताल, खाङ्ग्री अस्पताल, मनमोहन मेमोरियल अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, नेपाल आर्मी अस्पताल, नेपाल शसस्त्र प्रहरी अस्पताल, सुमेरु सिटी अस्पताल, कोरियनमैत्री अस्पताललाई रेम्डेसिभिर प्राप्त गरेको औषधि आयातकर्ता संघले जनाएको छ ।

वीर, मेडिसिटी, नेपाल मेडिकल कलेज, पाटन, स्टार, मेघा, सिभिल, नेपाल नेसनल, राप्ति अञ्चल, नारायणी उपक्षेत्रीय अस्पताललगायतलाई रेम्डेसिभिर उपलब्ध गराइएको छ । राजधानीबाट

प्रतिक्रिया दिनुहोस्