बुटवलमा चारजना कोरोना संक्रमितको मृत्यु



बुटवल,वैशाख २२ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन् । बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना पोजेटिभ पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

बुटवल,वैशाख २२ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ । 

यस्तै बञ्चन गाउँपालिका–४ का २७ वर्षीया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्पताल भर्ना भएकामा बुधबार बिहान ५.४५ बजे उनको मृत्यु भएको हो । 

यस्तै बुटवल–९ का ५४ वर्षीया महिलामा वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।  उनको पनि उपचारको क्रममा बुधबार बिहान ६.२२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

यस्तै वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला २१ गते अस्पताल भर्ना भएकामा उपचारका क्रममा बुधबार बिहान ६.३८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले बताए । 

प्रतिक्रिया दिनुहोस्