नुवाकोट भद्रुटारका अर्का ब्यक्ति बलराम सिटौलाको कोरोनाबाट मृत्यु



नुवाकोट,वैशाख २३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार,चुहानडाडाका अर्का ब्यक्ति बलराम सिटौलाको कोरोना संक्रमणबाट काठमाडौमा मृत्यु भएको छ। यस अघि मंगलबार भद्रुटार चुहानडाडाकै उद्द्ब सिटौलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

कोरोना संक्रमणबाट संक्रमित ४७ वर्षीय बलरामको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको उनका भाइ गोकर्ण सिटौलाले बताए।

रत्नपार्कमा पसल व्यवसाय गर्दै आएका बलरामको श्रीमती र एक छोरा,एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्