रहेनन् गायक प्रेमध्वज



काठमाडौं, वैशाख २३ । वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातिमा अचानक समस्या भएपछि न्यूरो अस्पताल लगिएका उनको ८२ वर्षको उमेरमा आज बिहीबार निधन भएको हो ।

नेपाली सांगितिक क्षेत्रमा गायक तथा संगितकारका रुपमा उनको विशिष्ट पहिचान छ । नेपालमा पहिलोपटक गितार बजाएर सांगितिक कला प्रस्तुत गर्ने प्रधान पहिलो थिए ।

भारतका लोकप्रीय कलाकार उषा मंगेशकरसँग उनले माइतीघर चलचित्रका लागि युगल गीत समेत गाएका थिए । रेडियो नेपालमा उनको ७ सयभन्दा बढी गीत रेकर्ड छ । उनका पत्नी किरण देवी र दुई छोराहरु प्रसन्न र कविर प्रधान छन् ।

प्रतिक्रिया दिनुहोस्