नेपालमा हालसम्मकै सबैभन्दा धेरै ९ हजार ७० जनामा कोरोना पुष्टि,५४ जनाको मृत्यु



काठमाडौ,वैशाख २३ । नेपालमा बितेको २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको परीक्षण गर्दा आठ हजार ९७० र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनाको रिपोर्ट पोजिटिभ आएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ६८ हजार ५८० पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ।

यसैगरि पछिल्लो २४ घण्टामा नेपालमा थप २ दुुई ७ सय ७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ९२ हजार ४९० पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ सय २९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्