नुवाकोटको शिवपुरीमा अक्सिजन सहित २० बेडको आइसोलेशन तयार



नुवाकोट, वैशाख २३ । जिल्लाको शिवपुरी गाउँपालिकामा अक्सिजन सहितको २० बेड आइसोलेशन तयार गरिएको छ । जिल्लास्तरमा समेत कोरोना महामारीको असर वृद्धि भएपछि गाउँपालिकाले आफ्नै सामुदायिक अस्पतालमा अक्सिजन सहितको आइसोलेशन तयार पारेको हो । यस अघि ८ बेडको आइसोलेशनलाई बढाएर २० बेड बनाइएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए ।

अध्यक्ष थापाले आइसोलेशन स्थापनासंगै स्थानीय स्तरमा कोरोनाका बिरामीलाई राहत मिलेको बताए। हालै गाउँपालिकाले सेवा क्षेत्रका नागरिकको स्वास्थ्यमा ध्यानमा राख्दै एमबीबीएस डक्टर सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

कोरोनाको पहिलो तथा सामान्य बिरामीलाई होम आइसोलेशनमै राख्ने र स्वास्थ्यमा थप समस्या भएका कोरोनाका बिरामीलाई पालिकाले निर्माण गरेको आइलोलेशनमा राख्ने निर्णय गाउँपालिकाले गरेको छ । अध्यक्ष थापाले नागरिकको स्वास्थ्यमा उच्च प्राथमिकता दिएर गाउँपालिकाले स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । साझापथसंग कुरा गर्दै अध्यक्ष थापाले यस कठिन परिस्थितिमा तत्काल सरकारले एन्टिजोन परिक्षण गर्ने व्यवस्था र अक्सिजनसहितको आशोलेसन सबै पालिकामा पुर्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्