दैनिक संक्रमण ९ हजार नाघ्यो



काठमाडौं,वैशाख २४ । नेपालमा कोरोना संक्रमण तीव्ररूपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा बिहीवार ९ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार थप ९ हजार ७० जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोना संक्रमणबाट बिहीवार ५४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीवार कुल २१ हजार १४२ जनाको कोरोना परीक्षण गरिएको थियो । यसैगरी बिहीवार २ हजार ७०७ जना संक्रमित निको भएका छन् ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्