वीर अस्पतालको नवनिर्मित भवन म्यादअघि नै हस्तान्तरण



काठमाडौं,वैशाख २४ । शर्मा एण्ड कम्पनीले वीर अस्पतालको अत्याधुनिक भवन निर्माण सम्झौता म्याद सकिनु २ महीनाअघि नै सम्पन्न गरी हस्तान्तरण गरेको छ । ३ वर्षको अवधिमा भवन निर्माण सम्पन्न गर्नेगरी वीर अस्पतालको सर्जिकल भवन बनाउने जिम्मा पाएको उक्त कम्पनीले ३४ महीनामै पूरा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई सोमवार हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)कै बीचमा सम्पन्न भएको उक्त सर्जिकल भवन अहिले कोरोना अस्पतालको रूपमा रूपान्तरण गर्ने कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमवार बनाएको छ । कोरोना संक्रमण दिनप्रति दिन उच्च हुँदै गर्दा भएका स्वास्थ्य पूर्वाधारले थेग्न नसकेका बेला ५०० शय्या अस्पताल छिट्टै निर्माण गरी हस्तान्तरण गर्न पाउनु सुखद पक्ष भएको कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले जानकारी दिए ।

मुलुक अहिले कोरोनाको संकटमा रहेका बेला अस्पताल हस्तान्तरण गरी यसको उपचारका लागि प्रयोग गर्न सक्नु कम्पनीका लागि गर्वको विषय भएको उनले बताए । रू. २ अर्ब ५० करोड लागतमा निर्माण भएको उक्त भवन अन्डरग्राउण्ड दुई तलासहित ८ तलाको रहेको छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्