कोरोना संक्रमणबाट नुवाकोट नेकपा एमालेका नेता कमानसिंह लामाकाे निधन



काठमाडौँ,वैशाख २४ । कोरोना संक्रमणबाट नुवाकोट नेकपा (एमाले)का नेता कमानसिंह लामाकाे निधन भएकाे छ ।

लामालाई काेराेना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि स्वयम्भूस्थित मनमाेहन अस्पतालमा भर्ना गरिएकाे बताइएको छ ।

बुधबार अस्पताल भर्ना गरिएको उनको उपचारको क्रममा शुक्रबार निधन भएकाे उनको भान्जा एमाले नुवाकाेटका नेता वीरबल तामाङले बताए । विदुर नगरपालिकाका पूर्व मेयर रहेका लामा केही महिनाअघिमात्र नेकपा हुँदै एमालेमा प्रवेश गरेका थिए ।

लामाको निधनप्रति नेकपा एमाले नुवाकोटले गहिरो समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्