तुलसीपुरमा राखियो अटो एम्बुलेन्स तयारी अवस्थामा



तुलसीपुर,वैशाख २४ । तुलसीपुर उपमहानगरपालिकामा ९ वटा अटो एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ ।

जेसिजका पूर्वध्यक्ष मोहन सुनार, अजय दुलाल, सुनिलबाबु डाँगीको पहलमा अटोल सञ्चालकसँग समन्वय गरेर अटोलाई लकडाउनभर एम्बुलेनसका रूपमा प्रयोग गर्नेगरी तयारी गरिएको एम्बुलेन्स परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिए ।

तुलसीपुर क्षेत्रमा एम्बुलेन्स बिरामहरूसँग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमित बिरामीलाई गाउँबाट शहरसम्म सहजरूपमा पुर्याउन अटो एम्बुलेन्सको प्रयोग गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य समेत रहेका कुमालले जानकारी दिए । उक्त अटो एम्बुलेन्स आज शुक्रबार तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ ।

यो सँगै अटो एम्बुलेन्सले साविककै तोकिएको दररेटमा बिरामीलाई अस्पताल लैजान र ल्याउन सहज हुने अपेक्षा गरिएको छ । सो अवसरमा नगर प्रमुख पाण्डेले अफूहरू अहिले कोरोनासँगको युद्धमा लडिरहेको बताउँदै जितेर छाड्ने दृढता व्यक्त गरे । अटो एम्बुलेन्स प्रयोगका लागि कुनै पनि व्यक्तिले सम्पर्क नम्बर ९८५७८२५८६३ नम्बरमा सम्पर्क गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्