कपिलबस्तुमा लकडाउन उल्लघंन गर्ने १३१ सवारीसाधन कारबाहीमा



कपिलवस्तु,वैशाख २५ । प्रहरीले कपिलवस्तु जिल्लाको विभिन्न ठाउँबाट लकडाउन उल्लघंन गर्ने १ सय ३१ सवारी साधन नियन्त्रणमा लिएको छ । निषेधाज्ञाको अबधिमा अटेरी गरि संचालन गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको हो ।

कपिलबस्तु प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नवराज अधिकारीले जिल्लाका बिभिन्न क्षेत्रमा लकडाउन उल्लघंन गर्ने मोटरसाइकल,साइकल, अटोरिक्सा तथा अन्य सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरिएको जानकारी दिए ।

अनावश्यक हिंड-डुल गर्ने १०० भन्दा बढी व्यक्तिहरुलाई सम्झाई-बुझाई, मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।लकडाउन अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन आग्रह समेत गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्