सुरु भयो टोखा चण्डेश्वरी स्वास्थ केन्द्रमा १५ बेडको अक्सिजन सहितको आइसोलेशन



काठमाडौं,वैशाख २५ । टोखास्थित चण्डेश्वरी स्वास्थ्य केन्द्रमा १५ बेडको अक्सिजन सहितको आइसोलेशन सुरु भएको छ। पछिल्लो समय कोरोना सङ्क्रमणदर वृद्धिसँगै शुक्रबारदेखि नगरले अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।

हाललाई अक्सिजन अभावमा अहिले १५ बेड सञ्चालनमा ल्याइए पनि तत्काल ५० बेडको अक्सिजन थेरापीसहितको आइसोलेसन तयार गर्ने लक्ष्य रहेको नगरले जनाएको छ ।

डाक्टर र औषधिसहित तयार गरिएको आइसोलेसनमा हाल ४ जना बिरामी उपचाररत रहेको नगरका मेयर प्रकाश अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्