नातिको बन्चरो प्रहारबाट हजुरआमाको ज्यान गयो



हेटौंडा,वैशाख २५ । नातिको बन्चरो प्रहारबाट हेटौंडामा हजुरआमाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा हेटौंडा-१७ दियालो दमारका ९० वर्षीया कान्छीमाया गुरूङ रहेकी छिन् ।

शुक्रबार घरको आँगनमा बसिरहेकी हजुरआमा कान्छीमायालाई आफ्नै नाति २२ वर्षीया आकाश गुरूङले बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

बन्चरो प्रहारबाट घाइते गुरूङको उपचारको कममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । बन्चरो प्रहार गर्ने आकाशलाई पक्राउ गरिएको प्रवक्ता रिमालले बताए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्