चितवनमा पछिल्लो २४ घण्टामा १४ जना संक्रमितले ज्यान गुमाए



चितवन,वैशाख २५ । चितवनमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार १४ जना मध्ये भरतपुर अस्पतालमा ६ जना, चितवन मेडिकल कलेजमा २ जना, क्यान्सर अस्पतालमा १ जना, राप्ती नगरपालिकामा १ जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा ३ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी भरतपुरको तीन ठूला अस्पतालको भेन्टिलेटरमा २९ जना बिरामीहरुको उपचार भइरहेको कार्यालयले जनाएको छ । शुक्रबारको भन्दा आज अस्पतालहरुमा ८४ जना कोरोना संक्रमणका नयाँ बिरामी थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्