नेपाली कांग्रेस नुवाकोटका नेता विष्णु अधिकारीको निधन



नुवाकोट,वैशाख २५ । नेपाली कांग्रेस नुवाकोटका नेता विष्णु अधिकारीको निधन भएको छ ।

नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सदस्य समेत रहेका ७८ वर्षीय अधिकारीको शनिबार निधन भएको हो। पछिल्लो समय काठमाडौमै रहदै आएका अधिकारीको शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ।

१४ वर्षदेखि नेपाली राजनीतिमा लागेका अधिकारी नुवाकोट नर्जामण्डपका स्थायी वासिन्दा हुन। उनी नेपाली कांग्रेसको महासमिति र महाधिवेशन प्रतिनिधि समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्