प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा पुनः कोभिड पोजेटिभ



काठमाडौ,वैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा पुनः कोरोना संक्रमित भएका छन् । थापासंगै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि पुनः कोभिड पोजेटिभ देखिएको हो।

शनिबार आएको कोभिड नतिजामा उनीहरू द्वयलाई कोभिड पोजेटिभ देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको भने कोरोनाभाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ ।  

प्रतिक्रिया दिनुहोस्