उपचार गर्न नसक्ने कोभिडका बिरामीको खर्चको जिम्मा अब हाम्रो हुनेछः रबि लामिछाने



काठमाडौं, वैशाख २५ । चर्चित पत्रकार रबि लामिछानेले समस्यामा परेका कोभिडका बिरामीहरुलाई निशुल्क उपचार गर्ने घोषणा गरेका छन् ।

भोलि आइतबारबाट सेवा शुरु गरिने पत्रकार लामिछानेले उल्लेख गरेका छन् । त्यसका निम्ति काठमाडौको बालाजुमा रहेको जनमैत्री अस्पतालसँग सहकार्य गरिने फेसबुक स्टाटस मार्फत उनले बताएका छन । 

सेवा बापत कसैले पारिश्रमिक नलिने बरु ३ महिनाको लागि आफ्नो गाडी र Galaxy 4k  को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहने बताएका छन् । 

पत्रकार लामिछाने लेख्छन्

उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ। “कामका कुरा”कार्यक्रम मार्फत प्रति ब्यक्ती १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ। चन्दा होइन, म सँग ४५ मिनेट जति मोबाइलमा Quiz खेले पुग्छ (को बन्छ करोडपति जस्तै)।अस्पतालले भोलिबाट सेवा शुरु गर्दैछ। भोलि राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत Quiz को परिक्षण शुरु गर्दैछु। यसकालागि DOKO App डाउन्लोड गरि रजिस्ट्रेशन गर्नु पर्नेछ। म लगायत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन्। बरु ३ महिनाको लागि मेरो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ। सबै तयारी लगभग सकियो,अक्सिजन संकलनमा मद्दत चाहिएको छ। Risk लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ।

प्रतिक्रिया दिनुहोस्