कोरोना संक्रमणबाट डोल्पा त्रिपुरासुन्दरीका मेयरको मृत्यु



डोल्पा, बैशाख २६ । कोरोना संक्रमणबाट डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको मृत्यु भएको छ।कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको हो ।

७६ वर्षीय बुढाको शनिबार काठमाडौंमा मृत्यु भएको हो । उनी केही व्यक्तिगत र केही कार्यालयको कामका लागि पछिल्लो एक हप्तादेखि काठमाडौंमा रहेका थिए ।

मेयर बुढाको काठमाडौंमै उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्