सिन्धुपाल्चोकमा आजदेखि निषेधाज्ञा



सिन्धुपाल्चोक,वैशाख २६ । सिन्धुपाल्चोक जिल्लामा आज आइतबारदेखि पूर्ण रुपमा निषेधाज्ञा हुने भएको छ । आज साँझ ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

आइतबार चौतारामा बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यस अघि केन्द्रले जिल्लाका सडक आसपास र केहि क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । सो को पूर्ण पालनासहित जिल्लाभर निषेधाज्ञा जारी गर्ने डीसीएमसीले निर्णय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्