निषेधाज्ञामा निःशुल्क खाना खुवाउँदै सोसल प्रोजेक्ट



काठमाडौ,वैशाख २६ । काठमाडौंमा जारी निषेधाज्ञाका कारण समस्यामा परेका गरिब तथा मजदुरलाई अंगालो नेपालद्वारा संचालित सोसल प्रोजेक्टले खाना खुवाउदै आइरहेको छ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त प्रोजेक्टले स्थानीय प्रहरीसंग सहकार्य गरि निःशुल्क खाना खुवाउन थालेको संस्थाका नवराज मोक्तानले बताए ।

संस्थाले भिमसेनथानमा नियमित ३ सय जनालाई खाना खुवाउँदै आएको छ। यसअघि सहुलियत दरमा खाना खुवाउने उक्त संस्थाले आफ्नो रणनीति परिवर्तन गर्दै निःशुल्क खाना वितरण गर्न थालेको हो ।

पछिल्लो दिनयता समस्यामा परेकाको संख्या वृद्धिसंगै निरन्तरताको लागि यस संस्थाले विभिन्न संघ संस्था तथा ब्यक्तिसंग सहकार्यको लागि अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्