एसईई र कक्षा १२ को परीक्षा स्थगित



काठमाडौँ,वैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

आज बिहान बसेको परीक्षा बोर्डको बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गरेको हो । 

बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको जानकारी दिए । यस अघि हुने भनिएको परीक्षाका लागि प्रश्नपत्र छापिइसकिएको थियोे । ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् ।

कोरोना महामारीका कारण यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्