काठमाडौँमा निषेधाज्ञा १५ दिन लम्बियो



काठमाडौँ,वैशाख २७ । काठमाडौँमा निषेधाज्ञा पुनः १५ दिन लम्बिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिनका लम्बिएको डीसीसीएमसी काठमाडौले जनाएको छ ।

सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कोरोना संक्रमण झन तीव्र गतिमा बढिरहेको ठहर गर्दै निषेधाज्ञाको अवधिलाई जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि लगाइएको निषेधाज्ञा बैशाख २९ गते सकिने भएकोमा थप १५ दिन निशेधाज्ञा थपिएको हो ।

पछिल्लो समय कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेपछि संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा थप लम्ब्याइएको बताइएको छ ।कोरोना महामारी ब्यापक भएपछि सरकारले पहिलो चरणमा यही बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा लागू गरेकोमा उक्त अवधि बढाएर बैशाख २९ सम्म पुर्याईसकिएको छ । अब निषेधाज्ञा जेठ १२ गतेसम्म जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्