फेरि संसद विघटन हुनसक्ने प्रधानमन्त्री ओलीको संकेत



काठमाडौ,वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विस्वासको मत पाउन नसकेको खण्डमा पुनः संसद विघटन हुने संकेत गरेका छन् ।

सोमबार संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै गर्दा उनले संसद विघटनतर्फ जान लागेको स्पष्ट संकेत गरेका हुन् ।

विस्वासको मत दिए संसद विघटन नहुने भन्दै ओलीले भने ‘संसदको स्थायीत्वका लागि, मुद्धा लडेर फिर्ता ल्याएको संसद बचाउन, पाँच बर्ष टिकाउन मन छ भने मलाई विस्वासको मत दिने विकल्प खुल्ला छ ।’ उनले संविधान सुरक्षित रहेको भन्दै आवश्यक संशोधन गर्दा संविधान नमिचिने र सुरक्षित रहने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्