थप १३९ जनाको मृत्यु



काठमााडौं,वैशाख २८ । नेपालमा कोरोना संक्रमणका कारण थप १३९ जनाको मृत्यु भएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३९ जनाको मृत्यु भएको हो ।

नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा सोमवार उक्त बराबरको संख्यामा कोरोनाका कारण मृत्यु भएको मन्त्रालयको भनाइ छ । दैनिक आधारमा मृत्यु हुनेको संख्या यो हालसम्मकै धेरै हो । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २७१ जनालाई कोरोना संक्रमण देखिएको छ । १७ हजार ६२३ जनाको पीसीआर र ७८८ जनाको एन्टिजेन्ट परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ पुगेको छ । कुल संक्रमतिको संख्या भने ४ लाख ३ हजार ७९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६०७ जनामा कोरोना देखिएको छ । त्यसमा काठमाडौं २ हजार ७७५, ललितपुरमा ५०५ र भक्तपुरमा ३२६ जनालाई कोरोना देखिएको मन्त्रालयको भनाइ छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्