बन्द भयो कालिमाटी बजार



काठमाडौं,वैशाख २८ । कोरोनाको जोखिम बढेसंगै कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।

कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले एक सूचना जारी गर्दै खुद्रा तथा कृषक बजार बन्द हुने भएको जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभर ती बजार बन्द गरिने भएको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘कृषक बजार मंगलबारदेखि पूर्ण रूपमा बन्द गरिने छ । खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ । थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार भने बुधबारदेखि बन्द हुने छ ।’

प्रतिक्रिया दिनुहोस्