लुम्बिनी प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौँ,वैशाख २८ । लुम्बिनी प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७ जना रुपन्देहीका, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक–एक जना छन् । मृतक १२ मध्ये ११ जना पुरुष र एकजना महिला रहेको छन् ।

उनीहरुमध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म, ४ जनाको सोमबार दिउँसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्