कञ्चनपुरमा थप ११ जना संक्रमितको मृत्यु



महेन्द्रनगर, वैशाख २८ । बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट कंचनपुरमा थप ११ जनाको मृत्यु भएको छ । त्यहाँको महाकाली अस्पतालमा उपचाररत् ११ संक्रमितको मृत्यु भएको अस्पतालका डा गोविन्द रोकायाले जानकारी दिए ।

डाक्टर रायका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ ।“ अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ती हुन सकिरहेको छैन ।” उनले भने,“ अक्सिजन बाहेक अन्य विकल्पमा पनि सङ्क्रमितले सोच्नुपर्ने बेला आएको छ ।”

अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उनले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिए । जिल्लामा दैनिक रुपमा सङ्क्रमितको मृत्यु भइरहेको छ, भने संक्रमितको सङ्ख्या पनि वृद्धि हुँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्