चीनबाट ४ सय अक्सिजन सिलिन्डर लिएर आइपुग्यो नेपाल एयरलाइन्स



काठमाडौं,वैशाख २८ । चीनबाट नेपाल एयरलाइन्सले ४०० थान अक्सिजन सिलिन्डर लिएर आइपुगेको छ । नेपाल एयरलाइन्सले त्यसका साथै १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर ल्याएको हो ।

सोमबार राति नेपाल एयरलाइन्सको बोइङ विमान चीनतर्फ गएको थियो । सरकारले चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।

जसमा पहिलो चरणको सिलिण्डर मंगलबार आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्