उपत्यकामा दैनिक उपभोग्य बस्तु किनमेल बिहान १० बजेसम्म



काठमाडौँ,वैशाख २८ । उपत्यकामा दैनिक उपभोग्य बस्तु किनमेल बिहान १० बजेसम्म कायम गरिएको छ।काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्दै उपभोग्य बस्तु बिक्रीवितरण सम्बन्धमा नयाँ नियम कायम गरिएको हो । मंगलबार उपत्यकाका तीनवटै जिल्ला प्रशासनबीचको बैठकले थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय समेत गरेको हो ।

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप कडा बनाउँदै दुई साता थप गरिएको छ । ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अत्यावश्यकबाहेक सबै सरकारी कार्यालयबाट हुने सेवा प्रवाह स्थगित गरिएको छ ।

अत्यावश्यक सेवा पनि सीमित कर्मचारीबाटै प्रवाह गर्न निर्देशन दिइएको छ । ‘महामारीको चेन ब्रेक गर्नलाई निषेधाज्ञाको समय दुई साता थप्नुका साथै आदेशलाई कडाइका साथ लागू गर्न तीनवटै प्रशासनको संयुक्त बैठकले निर्णय गरेको छ,’ बस्नेतले भने, ‘आदेश उल्लंघन नगर्न, अत्यावश्यक कामबिना बाहिर ननिस्कन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई अपिल गर्दछौं ।’

निषेधाज्ञा थप कडाइ हेर्नुस् सूचना

प्रतिक्रिया दिनुहोस्