बितेको २४ घण्टामा थप ९४८३ जनामा कोरोना पुष्टि



काठमाडौ,,वैशाख २८ । नेपालमा बितेको २४ घण्टामा थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै २४ घण्टा समयावधिमा २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । 

यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्