नुवाकोटमा थप ६२ जनामा कोरोना संक्रमण



नुवाकोट,वैशाख २८ । नुवाकोटमा पछिल्लो २४ घण्टामा थप ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

त्रिशुली अस्पतालमा मंगलवार गरिएको परिक्षणमा नुवाकोटमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार आज नुवाकोटका एकसय ६ जनाको पिसिआर परिक्षण गर्दा ६२ जनाको पिसिआर पोजेटिभ गरिएको अस्पतालले बताएको छ ।

त्रिशुली अस्पतालमा ८५ जनाको परिक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तारकेश्वर गाउँपालिकामा २१ जनाको पिसिआर परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्