नुवाकोट लिखु गाउँपालिकाकी एक महिलाको कोरोनाबाट मृत्यु



नुवाकोट , वैशाख २९ । जिल्लाको लिखु गाउँपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको मंगलबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा लिखु गाउँपालिका –ं२ का ६६ वर्षीया महिला रहेकी छिन् । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नुवाकोटमा मात्रै तीन पुगेको छ ।

कोरोना सङ्क्रमित महिला आफ्नै घरमा एकान्तबाँसमा रहेका समयमा मृत्यु भएको जिल्लास्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए । उनी यही वैशाख १६ गते खुट्टामा समस्या भएसगैँ जाँच गराउन त्रिशूली अस्पतालमा आएको र पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्