नुवाकोट तादीका कोरोना संक्रमित एक पुरुषको मृत्यु



नुवाकोट,वैशाख २९ । नुवाकोटमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। यससंगै जिल्लामा परिक्षण तथा उपचार गरी जिल्लामै ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

बुधबार ज्यान गुमाउँनेमा तादी गाउँपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुष रहेका छ्न। जिल्ला अस्पतालमा गत शनिबारदेखि भेन्टिलेटरमा उपचाररत पुरुषको आज मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जनाएका छन् ।

यसअघि मंगलबार लिखु गाउँपालिकाकी एक महिलाको निधन भएको थियो।

हाल जिल्लामा ६२७ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जसमा ४४ जना अस्पताल, ४ जना सेन्टरमा र ५७९ होम आइसोलेसनमा उपचारत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्