बितेको २४ घण्टामा थप ९ हजार २३८ जना कोरोना पुष्टि, ४ हजार ४४४ संक्रमणमुक्त



काठमाडौँ ,वैशाख २९ । नेपालमा बितेको २४ घण्टामा दे ९ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।बुधबार आयोजित पत्रकार सम्मेलनमा २० हजार ३ सय ६२ पीसीआर परीक्षणबाट ९ हजार २३८ जनामा कोरोना पुष्टि भएको बताइएको छ ।

मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट गरिएको ४२४ नमुना परीक्षणमा ६७ जनामा पोजिटिभ देखिएको छ ।

यस्तै २४ घण्टामा ४ हजार ४४४ संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप १६८ जनाको निधन भएको छ ।  

प्रतिक्रिया दिनुहोस्